Logo

५० वर्ष पुरानो जटिल गणितीय प्रश्न एक हप्तामै हल गरेपछि एमआईटीमा नियुक्त



न्यूओर्क, असार १२ । अमेरिकी विश्वविद्यालयकी एक विद्यार्थीले फुर्सदको बेला एक हप्ताभन्दा कम समयमा ५० वर्षदेखि समाधान हुन नसकेको गणितको एउटा जटिल प्रश्न हल गरिदिएकी छन्।

लिसा पिक्सिरिल्लोले टेक्सस विश्वविद्यालयमा आफ्नो विद्यावारिधिमा काम गर्दै गर्दा कन्वे नट प्रब्लमुको नामले चिनिएको प्रश्न हल गरेकी हुन्।आफ्ना गुरु गणितज्ञ तथा प्राध्यापक क्यामरुन गोर्डनसँग कुरा गर्दै गर्दा उनले सहज रूपमा आफ्नो हल देखाएकी थिइन्।

उनी किन तिमी खुसी नभएको भनेर चिच्याए, पिक्सिरिल्लोले विज्ञानसम्बन्धी समाचार साइट क्वान्टालाई भनिन्।कन्वे नट प्रब्लम सन् १९७० मा ब्रिटिश गणितिज्ञ जोन होर्टनले बनाएका थिए। पिक्सिरिल्लोले यसको बारेमा पहिलो पटक सन् २०१८ मा एउटा कार्यक्रममा सुनेकी थिइन्।

उनलाई यो पुरानो र प्रसिद्ध प्रश्न हो भन्ने हेक्का थियो जस्तो मलाई लाग्दैन, प्राध्यापक गोर्डनले भने।पिक्सिरिल्लोको उत्तर यो वर्षको सुरुमा एनल्स अफ म्याथम्याटिक्स जर्नलमा प्रकाशित भएको छ।

यो प्रश्न हल गरेपछि उनले प्रसिद्ध एमआईटीमा सहायक प्राध्यापकको पद पाएकी छन्।यो प्रश्न लामो समयदेखि हल भएको थिएन र धेरै गणितिज्ञहरूले प्रयास गरे पनि समाधान गर्न सकेका थिएनन्,स्पेनका गणितज्ञ हाभियर अरामायोनाले भने ।

बीबीसीका अनुसार यो गणितीय ज्ञान विज्ञान र अन्य क्षेत्रमा महत्त्वपूर्ण हुन्छ र वैज्ञानिकहरूले यसलाई आर्थिक बजारदेखि डीएनएको आकारसम्म अध्ययन गर्न प्रयोग गरेका छन्। गणितज्ञहरूले ५० वर्षदेखि कन्वे नट फुकाउन सकेका थिएनन्



प्रतिक्रिया दिनुहोस्

Screenshot