Logo

भैंसी हेर्न जानुपर्यो भन्दै प्रहरीले बिदा मागे



एजेन्सी, १२ असार । आफन्तको मृत्यु भएमा, विरामी परेमा या विवाहलगायत संस्कार कार्यका लागि प्रहरी र कर्मचारीले बिदा माग्ने गरेको सुनिएकै हो । तर, भैंसी हेर्न जानुपर्यो भन्दै बिदा मागेको पहिलोपटक जानकारीमा आएको छ ।

यो घटना भारतको मध्यप्रदेशमा भएका हो जहाँ प्रहरी हवल्दारले बिदा माग्न घरमा पालेको भैंसीले आफूलाई खोजेको भन्दै पत्र लेखेका छन् । हवल्दारले भैंसीको आफ्नो जीवनमा महत्वपूर्ण भुमिका रहेको उल्लेख गरेका छन् । उनले लेखेको पत्र उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘भैंसीको दुध पिएर म जागिरका लागि छनोटको दौडका लागि तयारीमा जान्थे ।’ आफूले भैंसीको दुध नपिएको भए जागिरमा प्रवेश समेत नपाउने उनको पत्रमा उल्लेख छ ।

भैंसीको बखान गर्दै हरेक गाहे साह्रोमा भैंसी नै साथ रहेको उल्लेख गरेका छन् । भैंसी हेर्नुपर्ने भयो भन्दै उनले छ दिनको बिदा मागेका छन् ।
कोभिड १९ को रोकथामका लागि प्रहरीलाई बिदा नदिई कार्यक्षेत्रमा खटाइएपछि यस्तो पत्र लेख्ने समेत देखिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot