Logo

नेपाल र चीनबीच सिमा विवाद छैन, सगरमाथाबाटै सिमा जाने हुनाले दुवै देशको सहमतिबाट टुंग्याउने सकिने अवस्था-परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद नरहेको बताएका छन् । उनले आज राष्ट्रियसभा बैठकमा उठेका प्रश्नहरुबारे जवाफ दिने क्रममा दुवै देशबीच सीमासम्बन्धी कुनै विवाद नरहेको बताएका हुन् ।

नेपाल र चीनबीच सीमा विवाद छैन, परराष्ट्रमन्त्री ज्ञवालीले भने, सगरमाथाको उचाई नापेर टुंग्याउन भने बाँकी छ ।

चीनले सगरमाथाको उचाई नापिसकेको र नेपालले पनि नापेर तथ्यांकलाई अन्तिम रुप दिने क्रममा रहेको खुलाए । दुवै देशबीच सुचना आदानप्रदान भई अन्तिम निष्कर्ष निकालिने बताए । चीनले चट्टानलाई गणना नगरेको र नेपालले हिउँ समेतलाई मानेर विगतमा निष्कर्ष निकालेको बताए ।

ज्ञवालीले चीनले सीमा अतिक्रमण गरेको विषय भ्रामक भएको बताए । सीमा मिचेको भन्ने रिपोर्ट कहाँबाट आयो भन्नेबारे खोजी गरिरहेको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot