Logo

विदेशका नेपालीमा कोरोना संक्रमण दर बढ्दो



काठमाडौं, असार १६ । विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण दर बढ्दो देखिएको छ। विभिन्न मुलुकमा गरी २६ हजार २ सय २७ जना नेपाली संक्रमित भएका छन्। यसमध्ये करिब ७० प्रतिशत अर्थात् १८ हजार ७ सयभन्दा बढी निको भएर घर फर्किएका छन्।

कतारमा कोरोनाबाट ९२ हजार जना प्रभावित भएका छन्। त्यसमध्ये २० प्रतिशत नेपाली छन्। कतारमा १८ हजार ४ सय नेपाली संक्रमित भएको संघको दाबी छ।

दक्षिण अफ्रिकामा यसै साता पहिलो पटक पाँच नेपालीमा कोरोना भेटिएको छ। यसअघि अफ्रिकी मुलुकमा १० जना नेपालीमा संक्रमण देखिएको संघले जनाएको छ। त्यस्तै, बंगलादेशमा १५ र भारतमा १ सय ५० जना संक्रमित रहेको पुष्टि भएको छ।

संघका अनुसार अमेरिकामा १ हजार ६ सय, बेलायतमा १ हजार २ सय २१, साउदी अरबमा ६ सय ७४, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४ नेपाली संक्रमित छन्। यस्तै मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानडामा १३, अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्यान्डमा ५ जना संक्रमणको सिकार भएका छन्। जर्मनीमा ४, फिनल्यान्डमा ४, साइप्रसमा ३, न्युजिल्यान्डमा ३ नेपाली संक्रमित भएका छन्। माल्टा, हङकङ, पोल्यान्डमा २÷२, म्यानमार र फ्रान्समा १÷१ जना संक्रमित भएका छन्।

पछिल्लो समय धेरै नेपाली कार्यरत कतार, साउदी अरब, बहराइन र यूएईमा महामारी फैलिएको छ। त्यहाँ रहेका नेपाली कामदारबीच झनै त्रासको वातावरण बनेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot