Logo

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा



काठमाडौं, १६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन लागेको भनेर दिएको अभिव्यक्तिको जवाफ मागेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले आफूले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका थिए ।

नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग

बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्रीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको भनेर दिएको अभिव्यक्तिमा जवाफ मागेका थिए । स्थायी कमिटीको पाँचौं बैठक गत बुधबारदेखि जारी छ । बैठकमा सरकारको कामको समिक्षा भैरहेको छ ।

प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नक्सा जारी गरेवापत भारतले आफूलाई हटाउन खोजेको र त्यसको लागि दूतावासका मान्छेहरुले होटलहरुमा बैठक गरिरहेको आरोप लगाएका थिए । त्यतिमात्रै होईन, उनले उक्त मिटिङमा पार्टीकै नेता सक्रिय भएको दाबी गरेका थिए ।

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot