Logo

सरकारको विरोधमा राप्रपा मकवानपुरले गर्यो प्रदर्शन



हेटौंडा, १६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले सरकार जनसरोकारका बिषयमा गम्भीर नभएको भन्दै बिरोध प्रदर्शन गरेको छ। पिसिआर टेस्ट बढाउनु पर्ने, स्वास्थ सामाग्री सहज र सरल ढंगबाट उपलब्ध हुनुपर्ने, ब्यबस्थित क्वारेन्टिन हुनुपर्ने, भ्रष्टाचारिलाई छानबिन गरि कार्बाही गर्नुपर्ने, अतिक्रमित भुमी फिर्ता हुनुपर्ने जस्ता माग राख्दै आज हेटौंडामा प्रदर्शन गरिएको जनाईएको छ ।

प्लेकार्ड सहित गरिएको प्रदर्शन पश्चात कार्यक्रममा बोल्दै राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारिले कोरोना महामारीको समयमा भएका भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग गरे । अतिक्रमित भुमी फिर्ता ल्याउन सरकारले कुटनैतिक प्रयास गर्न नसकेको, किसानले मल बीउ नपाएको , क्वारेन्टिन ब्यबस्थित र सुरक्षित नभएको भन्दै सरकारको आलोचना गरे । बिदेशी प्रभाब र हस्तक्षेप बढेर गरेकोमा अधिकारिले चिन्ता समेत ब्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot