Logo

दक्षिण पूर्वी वायुको प्रभावले अबकाे तीन दिन सलहकाे जाेखिम बढ्न सक्छ : कृषि मन्त्रालय



काठमाडौँ १६ असार : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषक तथा सरोकारवालालाई सजग रहन अनुरोध गरेको छ । मंगलबार मन्त्रालयले असार १५ गते नेपालको सीमा नजिकका भारतीय प्रान्तहरुमा सलह किराको झुण्डहरु देखिएको जानकारी दिएकाे छ ।

उक्त सीमा नजिकका स्थानहरुमा विशेष सजगता अपनाउन र व्यवस्थापनका उपायहरुका साथ तयारी अवस्थामा रहन मन्त्रालयले कृषक र सम्बन्धित सरोकारवालालाई आग्रह गरेकाे छ ।

यसैगरी आगामी तीन दिन देशभरी पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना रहेकाे र सलहको झुण्ड हावाको वहावसँगै स्थानान्तरण गर्ने जाेखिम रहेकाे प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सलह सुचना केन्द्रले जानकारी दिएकाे छ । केन्द्रले मध्य र पश्चिम नेपालका तराई तथा जिल्लाहरुमा सलह स्थानान्तरण गर्ने जोखिम रहेकोले र्सतकता अपनाउन अनुरोध गरेकाे छ।

यसै सन्दर्भमा मन्त्रालयले सलह कीराको पहिचान र व्यवस्थापनकालागि कृषककालागि सन्देश पनि जारी गरेकाे छ ।

सलहलाई कसरी चिन्ने ?

सलह झण्डमा रहने प्रवृत्तिका फट्यांग्राको एक प्रजाती हो।

अपरिपक्व वयस्क गुलाबी र परिपक्व बयस्क पँहेलो रङ्गको देखिन्छ।

परिपक्व वयस्क झण्डै चोर औँला जत्रो साइजको हुन्छ।

सलहको झुण्डहरु दिनको समयमा हावाको वहावसँग निकै टाढासम्म उड्न सक्दछन्।

सामान्यतया सुर्यास्त हुँदा सलहले रूख बिरूवा लगायतका स्सथानहरूमा अाश्रय लिन्छन् र बिहान सुर्याेदयपछि केहि समय घाम

पेपछि नजिकैको बोटबिरुवा खान्छन् र पुनः उडेर अन्यत्र आश्रय जान सक्दछन् ।

पानी परेकाे वा बादल लागेकाे अवस्थामा याे कम चलायमान हुन्छ ।

सलह आगन्तुक किरा भएको र नेपालमा वंशवृद्धी गर्ने सम्भावना नभएको।

सलहले कसरी नोक्सानी गर्छ ?

सलहले बालीनाली, घाँसहरु, झारपातहरुका पात लगायत सबै किसिमका रुख बिरुवाहरुका पात, मुना लगायतका नरम वस्तुहरु खाएर नष्ट गर्छ। एउटा कीराले प्रतिदिन आफ्नो शरीरको तौल बराबर खान सक्छ। यसले प्रत्यक्ष रुपमा मानिस वा पशुन्छीलाई क्षति गर्दैन।

सलह आउँदै गर्दा के गर्ने ?

सलहको झुण्ड आएको थाहा पाउनासाथ स्थानिय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानिय सुरक्षा निकायमा तत्काल जानकारी गराउने।
कुनै स्थानवाट सलहको झुण्ड उडेर गएको थाहा पाउनासाथ कुन दिशामा गएको हो र झण्डको आकार लगायतका सूचनाहरु स्थानिय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानिय सुरक्षा निकायमा तत्काल जानकारी गराउने।

कतैबाट सलहको झुण्ड आउन सक्ने सूचना प्राप्त हुनासाथ चनाखो भइ समूदायमा सबैलाइ जानकारी गराउने ।सलहको झुण्ड घरभित्र समेत पसेर दुख दिन सक्ने भएकोले आउने सम्भावना भएमा झ्याल ढोका सावधानि पूर्वक बन्द गर्ने।

सलहको आएमा कसरी व्यवस्थापन गर्ने ?

धेरै प्रोटीन युक्त कीरा भएकोले आएका झण्डहरुलाई जालोको पासोमा संकलन गरी जम्मा गरेर हाँस,कुखुराको आहारा बनाउन सकिन्छ।
यदि आफ्नो क्षेत्रमा वस्ने सम्भावना देखिएमा कुनै पनि माध्यम (जस्तैः ठूलो आवाज, धुवाँ, आदि)बाट बस्न वाधा पुऱ्याइ झुण्डलाइ अन्यत्रै मोडिदिने।

नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झूल वा जालीले छोपेर पनि जोगाउन सकिन्छ।

टनेल भित्रको बालीलाइ वरिपरीवाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ।

धानको व्याडमा जाली वा त्रीपाल आदीले छोपेर जोगाउने र सो स्थानमा सलह आएको समयमा वा छिटो आउन सक्ने सम्भावना भएमा धान रोपाई केही दिन ढिलो गर्ने।

खेतबारी वा घर नजिकै किराले आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने बिषादीको प्रयोग गर्नु पर्छ। मालाथियन ५० % इ.सी.३ मि.ली वा ल्याम्डा साइहेलोथ्रीन ५ % इ.सी. ०.७ मि.ली वा क्लोरपाइरिफोस २० % इ.सी .१.८८ मि ली वा डेल्टामेथ्रीन २.८ % ई.सी. प्रति लिटर पानीका दरले साँझपख वा सबेरै स्प्रेयरबाट छरेर मार्न सकिन्छ।

साथै अन्य ठूलो क्षेत्र सलहले आश्रय लिएको अवस्थामा तत्काल समन्वय गरि माथि उल्लेखित सिफरिस विषादीको घोल स्प्रे गर्ने।
विषादी प्रयाेग गर्नुपर्दा व्यक्तिगत सुरक्षाकासाथै मानवीय तथा पशुपन्छीहरूलाई सुरक्षित हुन सावधानी अपनाउने ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्

Screenshot