Logo

इन्धनको मूल्यवृद्धि, कस्को कति पुग्यो



काठमाडौं, १६ असोज । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धि मंगलबार राति १२ बजेदेखि लागु हुनेछ । निगमले

आज पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । भोलिबाट पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको हो ।

मूल्य समायोजन पछि पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ८७ रुपैयाँ कायम गरेको छ ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot