Logo

लकडाउनयता वाणिज्य बैंकहरुको ऋण घट्यो



काठमाडौं । निरन्तरको लकडाउनले उद्योगधन्दा र उपभोग्य क्षेत्रबाट ऋणको माग घटेर वित्तीय क्षेत्रको बेहाल भएको छ । लकडाउन सुरु भएयता बैंकहरुको ऋण लगानी निरन्तर घटिरहेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार, पछिल्लो एक सातामा बैंकको ऋण २ अर्बले घटेको छ । तर निक्षेप भने ८ अर्बले बढेको छ । लकडाउनअघि बैंकको निक्षेप बिस्तार सुस्त हुन्थ्यो भने ऋण बिस्तार उच्च हुन्थ्यो । लकडाउनयता मात्र बैंकको ऋण ३६ अर्बले घटिसकेको छ । निक्षेप भने ११३ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्म २७ बैंकको निक्षेप ४२४ अर्बले बढेको छ । ऋण भने ३११ अर्बले बढेको छ । अहिले वाणिज्य बैंकहरुसँग कुल ३३ खर्ब २ अर्ब निक्षेप छ भने ऋण २८ खर्ब ९ अर्बमा झरिसकेको छ। लकडाउनअघि बैंकको ऋण २८ खर्ब ४५ अर्ब रुपैयाँसम्म पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot