Logo

तरकारी भुट्ने तेलको राँकोले जल्यो बालकको अनुहार



सिमकोट, १८ असार। भान्सामा तरकारी भुट्ने क्रममा तातेको तेलको राँको आएर एक जना बालकको अनुहार जलेको छ । भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखिसकेको बेला तेलको राँको आएर अनुहार तथा आँखा जलेको हो ।

खार्पुनाथ गाउँपालिका वडा नं। ४ को छिप्रा गाउँका १३ वर्षका सुरेश रावलको तरकारी भुट्नलाग्दा तेलको राँकोले अनुहार तथा आँखा जलाएको पीडितका बुवा गोपाल रावलले बताउनुभयो ।
तातेको तेलले अनुहार जलेको छ भने तेलको छिटा दुवै आँखाभित्र परेर देख्नसमेत कठिन भएको उहाँले बताउनुभयो । तेलले अनुहार र आँखा जलेका बालक रावलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले प्राथमिक उपचारपछि थप उपचार गर्न जिल्लाबाहिर रिफर गरे पनि आर्थिकस्थिति कमजोर भएकाले थप उपचारमा समस्या देखिएको छ ।
आँखाका स्वास्थ्यकर्मी बम बोहराले बिरामीको केस जटिल भएकाले चाँडै उपचार गर्नुपर्ने बताउनुभएको छ । बालक सहयोगी हातको पर्खाइमा रहेको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्