Logo

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो



पोखरा, १८ असार । कोरोना भाइरस कोभिड १९ का संक्रमितको संख्या गण्डकी प्रदेशमा १ हजारभन्दा बढी पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबारमात्रै १४ नयाँ संक्रमित पुष्टि भएको जनाएको हो ।

योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ६ जना पुगेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा लमजुङका १०, कास्कीका ३ र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकीका संक्रमितमध्ये पछिल्लोपटक मुस्ताङका ८३ वर्षे मंगलबार घर फर्किएका छन् । उनी उपचारका लागि जोमसोम अस्पतालमा थिए । प्रदेशका २ सय ८७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाकै कारण २ जनाको मृत्यु भएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्