Logo

अक्सफोर्ड विश्वविद्यालयद्वारा निर्मित कोरोना खोप प्रभावकारी



एजेन्सी, १८ असार । कोरोना विरुद्वको खोप निर्माण गर्ने दौडमा प्रथम रहेको अक्फोर्ड विश्वविद्यालयले विकास गरेको खोप एस्ट्राजेनेका प्रभावकारी सावित हुँदै गएको छ । करिब आठ हजार व्यक्तिमाथि खोप परिक्षण गरिएको थियो ।

परिक्षणको नतिजा सकारात्मक देखिएको जनाइएको छ । एस्ट्राजेनेकाले कमजोर पतिरक्षा प्रणाली भएको मानिसमाथि पनि निकै प्रभावशाली भएको देखिएको जनाइएको छ । उक्त खोपको तेस्रो परिक्षण भइरहेको छ । खोप निर्माण गर्ने क्रममा खोपबाट एडिनोभाइरस नामक रसायनलाई समावेश नगरिकन निर्माण भइरहेको जनाइएको छ ।

एडिनो भाइरस समावेश नभएको कारण यसले कमजोर मानिसका लागी पनि संक्रमण संग लड्न मद्दत पुर्याउने जनाइएको छ । खोपले भाइरसविरुद्व लड्न आवश्यक पर्ने प्रतिरक्षा प्रणालीको विकास गर्न मद्दत पुर्याउने छ । त्यसैगरी भारत वायोटेकद्वारा निर्मित कोभ्याक्सिनले समेत भारत सरकारबाट परिक्षण गर्न मान्यता पाइसकेको छ । उक्त औषधीको तेस्रो चरणको परिक्षण प्रारम्भ भएको छ ।

यूएस वायोटक फार्मा इनोभियोले समेत आफ्नो सुरुवाती क्लीनीकल परिक्षणको दौरान साकारात्मक देखिएको छ । यस दौडमा जर्मनी वायोटेद्वारा निर्मित फाइजर र चीनद्वारा निर्माण गरिएको क्यानसिनोसमेत खोपको दौडमा आफ्नो अग्रसरता देखाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्