Logo

कञ्चनपुरमा एक जोडी प्रेमीद्वारा नहरमा हाम फालेर आत्महत्या



कञ्चनपुर,२० असार । शुक्रबार कञ्चनपुरमा एक प्रेम जोडिले नहरमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । भीमदत्त नगरपालिका २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेको प्रहरीले जनाएको छ । रेणुलाई उद्दार गरी अस्पताल पुर्‍याइएको छ भने राकेश बेपत्ता भएका छन् । बेपत्ता राकेशको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

घटनाबारे अनुसन्धान भइरहेको र आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले बताएको खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot