Logo

विद्यालयका क्वारेन्टाइनको विकल्प खोज्न दबाब



काठमाडौं,असार २०। कोरोना भाइरसका सङ्क्रमित राख्ने गरी सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने क्रम बढेपछि यसले शैक्षिक क्षेत्रमा गम्भीर र दूरगामी असर पार्ने देखिएको छ ।

विद्यालयमा क्वारेन्टाइन बनाउँदा विद्यालय पुनः सञ्चालन गर्ने सरकारी नीति कार्यान्वयनमा समस्या आउने, वैकल्पिक विधिबाट पठनपाठन हुन नसक्ने तथा माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको अन्तिम मूल्याङ्कनमा समेत असुविधा भएकाले यसमा विकल्प खोज्नुपर्ने आवश्यकता सम्बद्ध क्षेत्रका व्यक्तिहरूले औंल्याएका छन् ।

हालसम्म चार हजार ५२२ वटा विद्यालयमा क्वारेन्टाइन र ६७ वटामा आइसोलेसन कक्ष निर्माण गरिएको छ । विद्यालयमा अब यसरी नै क्वारेन्टाइन निर्माण गर्ने र अन्य विकल्प नखोज्ने हो भने नेपालको विद्यालय क्षेत्रका पठनपाठनमा नराम्रो धक्का लाग्ने जनाइएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालयभन्दा अन्य क्षेत्रमा क्वारेन्टाइन बनाउनुपर्छ भन्ने आफूहरूको माग रहेको बताए । यसका लागि वडास्तरमा रहेका वडाका भवन, सामुदायिक भवन तथा धेरै स्थानमा खाली रहेका कृषि तथा वन कार्यालयका भवन प्रयोग गर्नु उपयुक्त हुने सुझाव आफूहरूको रहेको उनको भनाइ रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot