Logo

भैँसी चराउन गएकी बालिकाको अर्धनग्न अवस्थामा शव भेटियो



जनकपुरधाम, २० असार । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक बालिकाको शव अर्धनग्न अवस्थामा फेला परेको छ। बुधबार दिउँसो घरबाट भैंसी चराउन निस्केपछि बेपत्ता भएकी १० वर्षीय कञ्चनकुमारी पजियारको शव शुक्रबार विहान घरभन्दा एक किलोमिटर टाढा दुधमती नदीको छेऊमा फेला परेको हो।

शव अर्धनग्न अवस्थामा फालिएको र धान रोप्न गएका किसानहरुले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

मृतक कञ्चनका बुवा विनोद पजियार कुर्थामै मजदुरीको काम गरि परिवार पाल्दै आएका थिए। बुधबार विहान ११ बजेतिर कञ्चन भैंसी चराउन घरबाट निस्केकी थिइन्। तर साँझसम्म घर नर्फिएपछि खोजतलास सुरु गरेको काका विजय पजियारले बताए।

उसले भैंसी चराउन ठाउँमा खोज्न जाँदा वस्तुभाउहरु त्यहिँ थिए तर, कञ्चन थिएन’ विजयले भने ुत्यहिं राति गाउँमा भोज पनि थियो कञ्चनका बुवाले छोरी भोज खान गएको होला भन्दै त्यहाँ गएर पनि खोजे तर भेटिएन। राती कतै सुतेकी होला विहान भेटिन्छ भन्दै हामीले ढाँढस दियौं। तर, विहान खोज्दा पनि भेटेन। विहीबार दिउँसो ९ बजेनै प्रहरीलाई पनि जानकारी गराएका थियौं। तर कसैले भेटाउन सकेन्, आज शव भेट्यो।’शवको अवस्था हेर्दा कञ्चनमाथि बलात्कार गरि हत्या गरिएको हुन सक्ने परिवारजनको अनुमान छ। तर प्रहरीले शवको पोष्टमार्टम भएपछि मात्रै मृत्युको कारण खुलाउन सकिने समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot