Logo

कर्जा भुक्तानी म्याद बढाउन सुझाव



भैरहवा, असार २० । उद्योगी व्यवसायीले बैङ्क कर्जाको भुक्तानी म्याद दुई वर्षदेखि पाँच वर्षसम्म वृद्धि गर्नुपर्ने माग गरेका छन् । उनीहरूले निकट भविष्यमा हुने आर्थिक महामन्दीको अवस्थालाई पूर्व रूपमा नै आकलन गरी त्यसको असर कम गर्नेतर्फ अर्थतन्त्र चलायमान राख्ने उद्देश्यस्वरूप उद्योग व्यवसायलाई आर्थिक विधेयकका साथै मौद्रिक नीतिमा समेत आवश्यक व्यवस्था गरी राहत तथा सुविधा प्रदान गर्न माग गरेका छन् ।

नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरमार्फत राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायीले विद्यमान सबै ऋण दुई वर्षका लागि ब्याज र किस्ता पुँजीकरण गर्न र दुई वर्षभित्र न्यलागतमा ब्याज तिर्ने व्यवस्था गर्न माग गरेका गरेको आजको गोेरखापत्र दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot