Logo

उपत्यकामा फैलिँदै कोरोना संक्रमण, बढ्दै जोखिम



काठमाडौं, असार २० । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गए। घरबाट कहीँकतै नगएकी उहाँमा कोरोना संक्रमण देखियो। परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजिटिभ देखिनुले उपत्यकाको समुदायमा पनि संक्रमण पुगेको पुष्टी हुन्छ। उपत्यकामा यसरी स्थानीयमा देखिन थालेको करिब एक हप्ता मात्रै भएको जनाइएको छ।

कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन्। परिवारमा नदेखिँदा उहाँमा कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ मन्त्रालयको एक समूह लागेको छ। परिवारमा पनि संक्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा संक्रमण देखिनुले अब उपत्यका थप जोखिममा छ भनेर सहजै अनुमान लगाउन सकिन्छ।

पछिल्लो एक हप्तामा उपत्यकामा त्यस्ता केसहरु देखिन थाले, कहीँ पनि नगएको व्यक्तिमा कोरोना संक्रमण देखियो, हामी कन्ट्रयाक ट्रेसिङ गरिरहेका छौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ। त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँचाउन जाँदा सर्‍यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भीडभाडमा पुग्दा संक्रमण भएको हो डा गौतमले अनुमान गर्दै भने।

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ। विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै संक्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो। थप सतर्कता नअपनाए उपत्यकामा संक्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot