Logo

कोरोना कहरमा सामाजिक दुरी उल्लंघन गर्दै आइजीपीद्वयको अंकमाल



काठमाडौं, २५ असार । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले फुली लगाइदिए । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले फुली लगाइदिएपछि सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले अंकमाल गरे ।

कोरोना भाइरसको रोकथामका लागि फुली लगाउने कार्यक्रममा पनि मास्कको प्रयोग भएको थियो । सामाजिक दुरी कायम गरिएको थियो । तर, इन्स्पेक्टर हुँदा एउटै ब्याची दुवैजनाले अंकमाल गरे ।

सरकारले कोरोना रोकथामका लागि सामाजिक दुरी कायम गर्न भन्दै आएको छ । एक अर्काबाट दुरी राख्न बारम्बार सुचना जारी गर्दै आएको छ । नेपाल प्रहरी देखि सशस्त्र प्रहरीले समेत यस्तो सुचना जारी रहेको छ । तर, कमाण्डरले नै अकमाल गरिदिए ।

खनाल र क्षेत्री मिल्ने साथी पनि हुन् । नेपाल प्रहरीमा रहँदा दुवैले एकसाथ तालिम लिएका थिए । खनाल सशस्त्र प्रहरी बल गठन हुँदा एक पद उक्लेर समायोजनमा गएका थिए । त्यसैले उनी २ वर्ष अगाडि नै आइजीपी बने । सशस्त्रमा एकजना आइजीपी रहँदा नेपाल प्रहरीमा भने दुई वर्षको अवधिमा तीनजना आइजीपी बनिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्