Logo

ओलीसँग मिलेर जान प्रचण्डलाई चिनियाँ राजदूतको आग्रह, अरु के कुरा भयो ?



काठमाडौं, २५ असार । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छिन् । आज दाहाल निवास खुमलटारमा पुगेर भेटेकी राजदूत यान्छीले नेकपाभित्रको आन्तरिक विवादबारे चासो राखेको र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेरै अघि बढ्न आग्रह गरेको बुझिएको छ ।

दाहालनिकट स्रोतले दिएको जानकारीअनुसार अहिले ओलीसँग मिलेर जाँदा दाहालको हित हुनेतर्फ राजदूत यान्छीले आग्रह गरेकी छिन् । राजदूत यान्छीले पछिल्ला दिनमा आफूलाई नेकपाका नेताहरुसँग वान-टु-वान भेटवार्तामा निरन्तर सक्रिय राखेकी छिन् । उनले यसअघि बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालसँगपनि छुट्टाछुट्टै भेटवार्ता गरेकी थिईन् । राजदूत यान्छीले दाहालसँगको भेटमा आगामी निर्वाचन र पार्टीको एकता महाधिवेशनसम्म ओलीलाई साथ दिन आग्रह गरेको बुझिएको छ ।

सत्तारुढ नेकपाको असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ । दुई अध्यक्षबीच सहमति खोज्ने प्रयासस्वरुप पछिल्ला दिनहरुमा बैठक स्थगित् गरिएका छन् । स्थायी कमिटीको बैठक भोलि विहान ११ बजेलाई तय गरिएको छ ।

तर, भोलिपनि बैठक स्थगित् हुने नेताहरुले संकेत गरिसकेका छन् । यो बीचमा दुई अध्यक्षबीच सहमतिको खातिर पटक पटक एक्लाएक्लै भेटवार्ताहरुपनि भैरहेका छन् । तर, उनीहरुबीच सहमति भने भैसकेको छैन् । राजदूत यान्छीले आज भोलिभित्रै प्रधानमन्त्री ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot