Logo

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ



असार २९, काठमाण्डौ । असार २९ गते सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

असार ३० गते मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ थोरै स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५का एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

असार ३१ गते बुधबार दिउँ सोः देशभर आँशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि जल तथा मौसम विज्ञान विभागले सचेत रहन चेतावनी दिएको छ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot