Logo

प्रधानमन्त्री ओलीले वास्तविक अयोध्या नेपालमा रहेको भनेपछि भारतमा चासो



काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा थियो भनी दिएको अभिव्यक्तिप्रति भारतीय मिडियाले प्राथमिकताका साथ समाचार बनाएका छन् । आज भारतीय पत्रपत्रिकाको अनलाइन संस्करण देखि न्युज च्यानलहरुले यसबारे समाचार पस्केका छन् ।

इन्डिया टिभीले ओलीले अयोध्याबारे विवादास्पद कुरा बोलेको भनेको छ । समाचार एजेन्सी एएनआईले पनि ओलीको भनाई उदृत गर्दै समाचार प्रकाशित गरेको छ ।

आज बालुवाटारमा भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीले अयोध्या नेपालको ठोरीमा थियो भन्दै राम नेपालको भएको बताएका थिए । उनले भारतमाथि सांस्कृतिक अतिक्रमणको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot