Logo

हातहतियार सहित बोहोरा पक्राउ



मोरङ, ३१ असार । विभिन्न हातहतियार सहित नन्द बहादुर बोहोरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उर्लावारीमा बसोबास गर्ने स्थायी घर कालिकोट भएका जोखिमरनन्दकिशोर भन्ने नन्द बहादुर बोहोरा विभिन्न हातहतियार सहित पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट कटुवा पेस्तोल १ थान, थ्रीनटथ्रीको गोली राउण्ड ३ थान, सकेट बम १ थान, ईलेक्ट्रिक डेटोनेटर केवल सहित १ थान, नेपाल टेलिकमको सिम ७ थान, एनसेलको सिम २ थान, मोबाईल १ थान, पंहेलो रंङको खाली पर्स १ थान, मोबाइलको चार्जर ४ थान, मल्टी कनेक्टिङ डाटा केवल १ थान, ब्याट्री ४ थान, पूर्व लडाकु संघ नेपाल लेखिएको स्टाम प्याड १ थान र पेनड्राईभ १ थान बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बोहरालाई घरमा लुकीछिपी बसिरहेको अवस्थामा उक्त हातहतियार तथा विभिन्न सामग्रीहरु सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

बोहोरा २०७६ माघ ५ गते मिक्लाजुङ्गको साकेलाथानस्थित सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका ३ वटा स्काभेटरमा बम बिस्फोटन गराई आगो लगाई क्षति पु¥याएको, २०७६ माघ १० गते केरावारी गाउपालिकाको कार्यालयमा र २०७६ माघ १२ गते केरावारी स्थित एनसेलको टावरमा बम बिस्फोटन गराएको लगायतका घटना साथै झापा तथा सुनसरीका विभिन्न स्थानहरुमा समेत बिष्फोटन भएको घटनामा संलग्न रहनुका साथै भोजपुर तथा संखुवासभामा हातहतियार सम्बन्धी बिभिन्न घटनामा समेत संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ



प्रतिक्रिया दिनुहोस्

Screenshot