Logo

यता प्रधानमन्त्री ओलीले राम जन्मभुमी बताइरहँदा उता अयोध्यामा राम मन्दिर शिलान्यास हुने



काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्री राम जन्मभुमी अयोध्याय नेपालमै रहेको अभिव्यक्ति दिएर तरंग ल्याइदिएका छन् । उनले यस्तो बखत अभिव्यक्ति दिए जतिबेला भारतको अयोध्यामा राम मन्दिर निर्माणको शुरुवात हुन गइरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सम्भवत ५ अगष्टमा रामजन्मभुमि अयोध्यामा राम मन्दिर निर्माण कार्य आरम्भ हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माणमा औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।

राम मन्दिर निर्माणको जिम्मेवारी पाएको राम जन्मभुमी तीरथ क्षेत्र ट्रष्टले शनिबार मोदीलाई औपचारिक निम्तो पठाउने निर्णय गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । मोदीलाई ५ अगष्टको साइत पारेर भुमी पुजनको लागि निम्तो गरिएको उल्लेख छ ।

साँढे तीन वर्षमा मन्दिरको निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । मन्दिर एक सय ८ एकर जमिनमा बन्नेछ ।

भारतमा बाबरी मस्जिद भत्काइएपछि उत्पन्न विवादको छिनोफानो सर्वोच्च अदालतले गरेपछि राम मन्दिर बन्न लागेको हो । यसले विगत देखि नै ठुलो धार्मिक तथा राजनीतिक एजेन्डा समेत बोक्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्