Logo

प्रियंका चोपडा निकसँग दंग, आफूलाई ठानिन् सँसारकै भाग्यमानी



एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसको दिनहु मिडियामा चर्चा भइरहन्छ । यस्को कारण हो दुवैजनाको कैमेस्ट्री । उनीहरुले वैवाहिक जीवन खुशीसँग बिताइरहेका छन् । दुवैले सामाजिक सञ्जाल देखि सार्वजनिक स्थानमा एक अर्कालाई ध्यान नै नदिई स्वस्फुर्त रुपमा बोलिरहेका हुन्छन् । इन्स्टाग्राममा फोटो सेयर गर्दा पनि उनीहरुको जीवनबारे जानकारी दिएका हुन्छन् ।

सामाजिक सञ्जालमा तस्वीर सेयर गर्न प्रियंकालाई कुनै विशेष दिन हुनुपर्दैन । आज एउटा तस्वीर सेयर गरेकी छिन् किनकी उनको आज दोस्रो प्रपोजल एनिवर्सरी हो । यसको अर्थ आज भन्दा २ महिना पहिले निक जोनसले प्रियंका चोपडालाई विवाहको लािग प्रस्ताव राखेका थिए ।

प्रियंकाले यस अवसरमा इन्स्टाग्राममा पति निकको साथमा भएको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मेरो जीवनको सबैभन्दा धेरै खुशीको दिन । जुन दिन निकले विवाहको लागि प्रस्ताव गरेका थिए । म यो दुनियाँको भाग्यशाली युवती हुँ । ’



प्रतिक्रिया दिनुहोस्

Screenshot