Logo

धान रोप्दै सलमान खान (भिडियोसहित)



एजेन्सी, ५ साउन । कोरोना भाइरस रोकथामका लागि सँसारका धेरै स्थानमा लकडाउन छ । लकडाउन खुकुलो पारिदै लगिएपनि जनजीवन सामान्य भएको छ । मनोरञ्जनको दुनियाँ ठप्प जस्तै छ ।

लकडाउनमा बलिउड कलाकारहरु पनि घरमै बस्न बाध्य भएको समयमा नायक सलमान खानले भने आफ्नो कृषि फर्ममा समय बिताए । उनले वर्षाको समयमा खेतमा गएर धान रोप्नलाई टैक्टर पनि चलाए । सलमानले आफ्नो इन्स्टाग्राममार्फत एक भिडियो सेयर गरेका छन् ।

उक्त भिडियोमा उनले पानीले भरिएको खेतलाई टैक्टर चलाएर जोतिरहेका छन् । सलमान टेक्टरको पछि पछि पनि हिडेको देख्न सकिन्छ । उनले केही दिन यता सामाजिक सञ्जाल मार्फत किसानको सम्मान गर्दै आएका छन् । भिडियो हेर्नुहोस्ः

View this post on Instagram

Farminggg

A post shared by Salman Khan (@beingsalmankhan) on



प्रतिक्रिया दिनुहोस्

Screenshot