Logo

प्रचण्डको रणनीति के छ ? यसरी खुलाए लिलामणि पोखरेलले (भिडिओसहित)



काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले आफूहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टी एकतालाई बलियो बनाउनको लागि नै आफूहरु लागिपरेको सुनाए । उनले अध्यक्ष पुष्पकमल दाहालसँग आज आफूहरुले भेटवार्ता गरेको र उक्त छलफलमा पनि स्थायी कमिटीको बैठकलाई निर्णायक बनाउनुपर्ने निश्कर्ष निकालेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot