Logo

गाविन्दाले भने ‘४–५ जनाले चलेको बलिउड उद्योग’



एजेन्सी, ६ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्या पछि सुरु भएको नातावादको बहस लगातार रुपमा बढ्दै गएको छ । कलाकारहरुले यस विषयमा बहस गर्दै आएका छन् । नातावादको बहसमा नायक गोविन्दाले पनि प्रवेश जनाएका छन् ।

गोविन्दाले हिन्दी चलचित्र उद्योगलाई मात्र ४–५ जनाले थामिरहेको स्पष्ट पारेका छन् । उनले हिन्दुस्तान टाइम्सको अन्तवार्ताको क्रममा उनले पहिला जो क्षमतावान थिए उनले काम पाए तर पछिल्लो समयमा चार पाँच जनाले चलचित्र उद्योग निर्देशित गरेको आरोप लगाए । उक्त कार्यक्रममा उनले आफ्नो राम्रा फिल्मपनि सहि तरीकाले रिलिज गर्न नपाएको र सबै चिज बदलिएको गुनासो समेत गरे ।

अन्र्तवार्ताको सिलसिलामा ९० दशकका गोविन्दाले चलचित्र उद्योगमा धेरै मेहेनत गर्न परेको र निर्मातालाई भेट्न घण्टौसम्म पर्खन परेको आफ्ना तितो यथार्थ बताए । कंगना रनोट र तापसी पन्नुबीत नातावादको विषयलाई लिएर जुहारी चलिरहेको छ । कंगनाले एक अन्र्तवार्तामा नामै लिएर आरोप लगाएपछि तापसीले जवाफ दिएकी हुन् । यी दुई बीच ट्विट वार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot