Logo

उत्तरी म्याग्दीमा विद्युत् आपूर्ति बन्द



गलेश्वर, ७ साउन: सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिराले विद्युत्का पोल बगाएपछि सोमबार साँझदेखि उत्तरी म्याग्दीका दर्जनबढी गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् आपूर्तिमा क्षति पुगेपछि बेनी नगरपालिका–९ गलेश्वरसहित रघुगङ्गा, अन्नपूर्ण गाउँपालिकाका दर्जनौँ गाउँमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । विद्युत् आपूर्तिमा असर गरेको स्थानको पहिचान भएकाले मर्मतकार्य शुरु गरिएको केन्द्रले जनाएको छ ।

यसैबीच तातोपानी जलविद्युत् केन्द्रको टेलरेसलगायत १०० केभीको ट्रान्सर्फमर बगाएको छ । बिजुली वितरणको पोल बगाएसँगै विद्युत् उत्पादन र वितरण सबै सेवा बन्द भएको छ । पानी बस्तीमा समेत पस्न थालेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । निरन्तर वर्षाका कारण सबै बिजुली वितरणको काम ठप्प भएको तातोपानी वितरण केन्द्रले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्