Logo

कक्षा १२ को परीक्षा असोज पहिलो साता हुने



काठमाडौँ, ८ साउन । सरकारले कोरोना भाइरस कोभिड–१९ नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै यसको तयारी सुरु गरेका छन् ।

यसक्रममा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाट क्याम्पस खोल्नुका साथै भदौ ७ गतेबाट स्थगित परीक्षा सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १५ गतेभित्र सबै सार्वजनिक विद्यालयका शिक्षकलाई सम्बद्ध विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने जनाएपछि विद्यालयमा शैक्षिक गतिविधि बढ्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा गत वैशाखमा लिने योजना थियो ।

कक्षा ११ को आन्तरिक मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिइएकाले त्यसमा कुनै समस्या नभएको उहाँले जनाउनुभयो । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा
एसईई०को नतिजा प्रकाशनका लागि तीव्र रूपमा काम भइरहेको पौडेलले जानकारी दिनुभयो । हालसम्म झन्डै ५५ जिल्लाका विद्यार्थीको अभिलेख रुजु गरिएको र अब केही दिनमै यसलाई पूर्णता दिइने बोर्डले जनाएको छ ।

त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने निर्णय त्रिवि परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार प्रा। पेशल दाहालले जानकारी दिनुभयो । स्थगित परीक्षा दशैँसम्म पूरा गर्ने र त्यसपछि नियमित परीक्षा गर्ने तयारी त्रिविको छ । त्रिवि प्रशासन असार १ गतेदेखि खुलेको थियो । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस पनि बुधबारेखि खुलेका छन् ।

कोरोना भाइरस कोभिड–१९ को विषयमा सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको यो निर्णयपछि नियमित कक्षा तथा पुस्तकालयबाहेक अन्य शैक्षिक गतिविधि सञ्चालनका लागि बाटो खुलेको खबर आाजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot