Logo

रुसले अन्तरीक्षमा हतियार परिक्षण गरेको अ‍ेमरिका र बेलायतको आरोप



एजेन्सी, १० साउन । रुसले अन्तरिक्षमा क्षेप्यास्त्रको परिक्षण गरिरहेको अमेरिका र बेलायतले आरोप लगाएको छ । रुसद्वारा भइरहेको परिक्षणले कक्षलाई लक्षित गर्ने एन्टी स्याटलाइट अस्त्रप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।

रुसी उपकरणहरु जाँच्न नयाँ प्रविधिको प्रयोग गरिएको भन्दै केही दिन अगाडी रुसी रक्षा मन्त्रालयले जनाएको थियो । तर, अन्तरिक्षमा भइरहेको गतिविधिबारे अमेरिकाले प्रश्न उठाएको छ । अमेरिकाले आरोप लगाइरहँदा बेलायतले भने रुसी परिक्षण प्रति पहिलो पटक आरोप लगाएको छ ।

रुस परिक्षण प्रारम्भ गरेको केही दिनमै छानबिन पश्चात उक्त आरोप रुसमाथि लगाएको हो । रुसले अन्तरिक्षमा हातहतियारलाई पुर्याउने र विस्तारबारे योजना बनाई रहेको बिहीबार अमेरिकाको अन्तर्राष्ट्रिय सुरक्षा मामिला हेर्ने सहायक मन्त्री क्रिस्टोफर फर्डले विज्ञप्ती जारी गर्दै आरोप लगाएका हुन् । “रुसले अमेरिकाको क्षमतामा अङ्कुश लगाउन चाहन्छ । तर, अन्तरिक्ष कार्यक्रम रोक्ने उसको कुनै उद्देश्य नभएको स्पष्ट देखिन्छ,” उनले भने ।

ब्रिटिश अन्तरिक्ष निर्देशनालयका प्रमुख हार्भी स्मिथले रुसले अहिले परीक्षण गरेको भू-उपग्रहको गुण “अस्त्रको जस्तो” भएको बताउँदै चिन्ता व्यक्त गरेका छन् । “यस्ता कृत्यहरूले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगलाई खतरामा पार्छन् र उत्पन्न फोहोरले संसार निर्भर हुने भू-उपग्रह र अन्तरिक्ष प्रणालीलाई जोखिममा पार्छ,” उनले भने । उनले रुसलाई जिम्मेवार बन्न र अब त्यस्ता परीक्षण नगर्न आग्रह समेत गरका छन् ।

रुस, अमेरिका, वेलायत, चीनलगायत एक सय देशहरुले बाह्य अन्तरिक्षमा शान्तिपूर्ण उद्देश्यले मात्र अन्वेषण गर्ने सहमति व्यक्त गर्दै सन्धिमा हस्ताक्षर गरेका छन् । कुनैपनि हातहतियारहरु कक्षमा नराखिने विषय सन्धीमा उल्लेख गरिएको छ । रुसी अन्तरिक्ष स्याटलाइट सिस्टम अमेरिकी भू उपग्रह नजिक पुगेको ओरोप अमेरिकाले लगाएको छ । रुसले जुलाई १५ मा नयाँ भू-उपग्रह परीक्षण गरेको थियो। त्यति बेला रुसी रक्षा मन्त्रालयले अन्तरिक्षमा भएका आफ्ना उपकरणको परीक्षण गर्ने उद्देश्य भएको बताएको थियो ।

अन्तरिक्ष प्रविधि परीक्षण गर्दा सानो यानमा भएको विशेष उपकरण प्रयोग गरेर रुसी भू-उपग्रह जाँचिएको थियो। रूस, अमेरिका, चीन र भारतले विगत दशकहरूमा एन्टी स्याटलाइट मिशनमा काम गरिरहेको छ । अन्तरिक्षमा शक्तिशाली राष्ट्रहरुले आफ्नो क्षमता अविवृद्वि गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot