Logo

यो गाउँमा तीन महिना चुल्हो बल्दैन



भारतको केही राज्य यस्ता छन् जहाँ पुराना परम्परा धानिएको छ । तर कुनै रितीस्थिती यस्ता पनि छन् जुन धेरै मार्मिक छन् । बक्सर जिल्लामा एक गाउँमा चैत्र, बैशाख र जेठमा घरको चुल्हो बल्दैन । उक्त समयमा चुल्हो बाल्नु प्रतिबन्ध हुन्छ । यो ३ महिना मानिसहरु सत्तु र चबेना वा अन्य ड्राइ फ्रुट्स खाएर जिउँदा रहन्छन् । ३ महिनामा चुल्होमा दुध पनि तातो खादैनन् । बच्चा र बृद्धलाई चीसो दुध खान दिन्छन् ।

यो घटना कोईलवर गाउँको क्षेत्र उमरपुरको हो । त्यहाँ १४० झुपडीहरु छन् । त्यहाँका मानिसहरुको पेशा तरकारी उब्जनी गर्नु हो । ३ महिना चुल्हो नबल्नुको कारण चैत्र, बैशाख र जेठमा पिछल्लो वर्षमा सात पटक गाउँ पुरै जलेको थियो । पंचायतले आगो नबाल्ने निर्णय गरेको हो । यसकारण त्यहाँका जनाताहरु आगो बाल्दैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्