Logo

नेपालमा केही दिन मनसुनी गतिविधि कम हुने



काठमाडौँ, १९ साउन । अबको केही दिन नेपालमा मनसुनी गतिविधि कम हुने भएको छ । जसअनुसार आकाश केही खुल्दै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही तल झरेको छ । जसका कारण पनि उच्च मनसुनी वर्षा कम हुनेछ । तर मनसुनको समय यथावत नै रहेकाले स्थानीय वायु र जलवाष्पको उपस्थितिका कारण देशका केही भेगमा आक्कलझुक्कल वर्षा भइ नै रहनेछ ।

एक दुई स्थानमा छोटो समयको भारी वर्षा पनि हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । आगामी तीन दिन देशभर सामान्य बदली कायम रहँदै बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस अवधिमा केही स्थानमा भारी वर्षा पनि हुने जनाएको खबर आजको समाचार गोरखापत्रले छापको छ ।



प्रतिक्रिया दिनुहोस्