Logo

ओली-दाहाल भेटवार्ता स्थगित्



काठमाडौं, २१ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच साँझ ५ बजे हुने भनिएको भेटवार्ता स्थगित् भएको छ । पछिल्लो समय अध्यक्षद्धय ओली र दाहाल बरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित छलफलमा बसेका छन् । तर, ठोस सहमति हुन सकेको छैन् ।

गत असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार आजको बैठक स्थगित भएको छ । र, अध्यक्षद्धय भोलि विहान छलफलमा बस्ने भएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot