Logo

भरुवा बन्दुकसहित पक्राउ



बाँके, २१ साउन । भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । राप्तीसोनारी खरघट्टीबाट २ नाल भरुवा बन्दुकसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राम बली चौधरी र बिष्णु प्रसाद चौधरी रहेका छन् ।

घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईयाँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot