Logo

आइतबारदेखि जिल्ला प्रसाशनबाट के–के सेवा पाईने?



काठमाडौं, साउन २४ । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार आकस्मिक रूपमा बसेको बैठकले तीनवटै जिल्ला प्रशासन कार्यालयबाट दिँदै आएका महत्वपूर्ण सेवा कटौती गर्ने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले ती सेवाहरू आगामी २५ साउनदेखि ८ भदौसम्म स्थगित गर्ने निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा संक्रमण तीव्र रूपमा बढ्दै गइरहेकाले जोखिम कम गर्न प्रशासन कार्यालयबाट दिइने सेवाहरू स्थगित गरिएको जानकारी दिए । जसअनुसार आइतबारदेखि नै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएको नागरिकता वितरणसम्बन्धी सबै कार्य बन्द हुनेछन् ।

त्यसैगरी, बन्द गरिएका सेवाहरूमा हातहतियार दर्ता नवीकरणसम्बन्धी कार्य, संस्था तथा पत्रपत्रिका दर्तासम्बन्धी सबै कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण कार्य रहेका छन् । तर, शान्ति सुरक्षासम्बन्धी सेवाहरू भने जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot