Logo

यातायात व्यवसायीलाई सङ्कटमा पारिएको गुनासो



काठमाडौं, साउन २८ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात भदौ १५ सम्म स्थगित गरिएपछि व्यवसायीहरूले सार्वजनिक यातायातलाई गम्भीर सङ्कटमा पारिएको गुनासो गरेका छन् । यससँगै सार्वजनिक यातायात क्षेत्रमा करिब ६० अर्ब रुपियाँको नोक्सानी भएको दाबी गरिएको छ ।

लामो दूरीका सार्वजनिक यातायात झन्डै पाँच महिना सञ्चालन नहुँदा करिब ६० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको व्यवसायीहरू बताउँछन् । बन्दाबन्दीको तीन महिनामै ४० अर्ब रुपियाँको नोक्सानी यातायात क्षेत्रले बेहोरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरका अनुसार सार्वजनिक यातायात गम्भीर आर्थिक सङ्कटमा परेको छ र यसलाई माथि उठाउन वा पुरानै लयमा ल्याउन तीन÷चार वर्ष लाग्ने छ तर सरकार यसका लागि गम्भीर नभएको र व्यवसायी मारमा परिरहेको उनको गुनासो छ ।

सरकारले भदौ १ देखि लामो दूरीका यातायात खुला गर्ने निर्णय गरेपछि तयारीमा रहेका व्यवसायीहरू भदौ १५ सम्मको स्थगनले निराश भएका छन् । लामो दूरीको यातायात रोकिए पनि यात्रा गर्ने क्रम नरोकिएको बरु निजी सवारीहरूले महँगो भाडामा यात्रु ओसारेको गुनासो उनको भनाई रहेकोको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot