Logo

२० जनामा कोरोना संक्रमण भएसँगै भानु नगरपालिकामा कफ्र्युको तयारी



तनहुँ, ३० साउन । भानु नगरपालिकामा एकै दिन २० जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको छ । आज बिहानै देखि सवारी संचालनमा रोक लगाई पसलहरु बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ । कोरोना संक्रमणमा बृद्धि भएपछि सर्वसाधारणलाई घरबाहिर ननिस्कनका प्रशासनले आग्रह गरेको छ ।

२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भानु न.पा. कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । कोरोना संक्रमण हुनेहरुमा १४ पुरुष, ५ महिला र १ जना ५ वर्षिया बालिका रहेका छन् । योसँगै गन्डकी प्रदेशमा कुल संक्रमितका सख्या १६ सय ८९ पुगेको छ ।

भानु नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीको कोरोना परिक्षण गरेकोमा कसैलाई पनि संक्रमण देखिएको छैन् । कोरोना संक्रमण भएका सबैको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot