Logo

काठमाडौंमा एकैदिन ११९ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकामा आज एकै दिन ११९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै   ११९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ५सय   ७५ जनाको पिसीआर परिक्षणमा ५  सय ९४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ७७ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ८३ जना र ललितपुरका ३० जना र भक्तपुरका ६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २५ हजार ५ सय ५१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot