Logo

एघार जनाको शव फेला, २७ अझै बेपत्ता



चौतारा, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२, लिदीमा पहिरामा पुरिएका ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य जारी राखेका छन् । ‘पुरिएको अवस्थामा ११ वटा शव भेटिएको छ । अन्यको खोजीकार्य जारी छ ।’ जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङले भन्नुभयो । पहिरोले लिदी गाँउका ३७ घरमा क्षति पुर्याएको छ ।

पहिरोमा परी घाइते भएका एक जनाको काठमाडौँमा उपचार भइरहेको छ भने चार जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ । पहिरोमा परी नौ जना घाइते भएका छन् ।
पहिरोमा बेपत्ता हुनेहरूमा छविलाल दोङ, सोमरानी, धनलक्ष्मी, शिरमाया, बिबरानी, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो, सोनाम दोङ रहेका छन् ।

त्यस्तै हीरा भक्ति, जीते झाँक्री, दिन्दुस, सुरज, करेसमाई, च्यामा, सानु, टीकामाई, छिरिङ, मानबहादुर, जयबहादुर, प्रिया दोङ, प्रीति, कान्छी, सानुकान्छी, वाङ्ची लामा दोङ हराइरहेका छन् । गर्भवतीसमेत रहेकी सानुकान्छी दोङ पनि पहिरोमा बेपत्ता छिन् । धनमाया तामाङ दोङ, रेनिस, मेकमाई, मिलन, विमला, माइला पाराङ, प्रकाश, साइली, आयुश दोङ र सुवास तामाङ हराइरहेका समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ । File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot