Logo

बच्चा मानेर हुर्काउने बाबुले यर्थाथ थाहा पाएपछि…



२१ वर्षदेखि ३ बच्चाहरुको पिता मानिरहेका बच्चाहरुको वास्तविकता अर्कै भएको छ । इग्ल्यान्डको नर्थ वेल्समा बस्ने रिर्चड मैसनले पत्नीसँग सम्बन्ध विच्छेद गरेपछि अर्को विवाह गर्न चाहेका थिए । मनि सुपर मार्केटका फाउन्डर रिचर्डको पहिलो विवाह २१ वर्ष पुगेको थियो । उनको पहिलो पत्नीको नाम कैट जोन्स हो । कैट र तीन बच्चाहरुको साथमा रिर्चडले पछिल्लो समयमा जीवन व्यतित गर्दै थिए । केही समय पहिले यी दुवैबीच कारणवस सम्बन्ध बिच्छेद भयो । तर बच्चाहरुलाई भने उनले कम माया गरेका थिएनन् ।

यसबीचमा रिचर्डले एमा जोन्स नाम गरेकी महिलासँग दोस्रो विवाह गरे र रिचर्ड र यमा डाक्टरसँग सल्लाह गर्न गए । डाक्टरले रिचर्डलाई जन्मजातदेखि नै बाझोपना रहेका बताउदै सामान्य तरिकाले पिता बन्न नसक्ने खुलासा गरे ।

डाक्टरको कुरा अनुसार रिचर्डले पहिलो पत्नीतिरका दुई सन्तानहरुको डिएनए जाँच गराए । डिएनए जाँचबाट थाहा भयो कि उनीहरु रिचर्डका सन्तान होइनन् । तेस्रो बच्चाको भने जाँच गराउन मानेनन् । आश्चर्य लाग्दो कुरा चाहि यी ३ बच्चाहरुको बाबु को होलान् ?

रिचर्डले सामान्य तरिकाले बच्चाहरुको बाबुको बारेमा श्रीमतीले नबताएपछि साँढे ४ लाख इनाम दिने घोषणा पनि गरे । पहिलो पत्नीले असली बच्चाहरुको बाबुको बारेमा नाम नभनिकन आफू कसैसँग अफेयरमा रहेको अदालतमा बताएकी थिइन् ।

रिचर्ड र पहिलो पत्नीको सम्बन्ध बिच्छेदको विषयमा अदालतले पत्नी कैट मैसनलाई २२ करोड रुपैयाँ दिन आदेश दिएको छ । अदालतको अन्तिम समयमा अदालतमा पुगेका २ बाालबालिकाहरु रिचर्डसँग भने बोल्न चाहेनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot