Logo

नाग साधुको जटासँग जोडिएको तथ्य



नाग साधुको यो विश्वमा नै चर्चा हुन्छ र पुग्छन् पनि । आज हामी नाग साधुको जटाको बारेमा कुरा गर्छौ । साधुहरुको बाहिरी दुनियाँसँग कुनै लेनादेना हुँदैन । उनीहरुले कहिले कहाँ त कहिले कहाँ बसेर समय बिताउँछन् ।

नागा साधुहरुको जिन्दगी कठिनाईले भरिएको हुन्छ । सामान्य मानिसले कल्पना नै गर्न सक्दैनन् कि उनीहरु कति दुखी होला भनेर । यसको बाबजुद नागा साधुलाई कहिल्यै पनि कुनै कुराको मतलब राख्दैनन् सुख र दुख यी नागा साधुहरुको लागि बराबर हो । नागा साधुहरुको सधै लामो जटा हुन्छ र उनीहरुले अनुहारमा खरानी लगाएर हिड्छन् ।

सबैको मनमा प्रश्न उठ्न सक्छ लामो जटा कसरी हुन्छ ? एक जानकारी अनुसार शैव नागा सन्यासीहरुले आफ्नो लामो जटा बिना कुनै भौतिक सामग्री बालुवा र खरानीको प्रयोगले सम्हाल्छन् । यी साधुहरुको जटा १० फिट सम्म लामो हुन्छ र त्यति लामो जटा बनाउन ३० देखि ४० वर्षसम्म बढ्न समय लाग्छ । जटालाई हुर्काउनु धेरै मुस्किलको काम हो । तर नागा साधुहरुले आफ्नो जटालाई धेरै राम्रोसँग बढाएका हुन्छन् । नाग साधुहरुको सत्र श्रृगारमा पञ्च केशको धेरै महत्व हुन्छ । उनीहरुले कपाललाई ५ फन्को घुमाएर बेरेका हुन्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot