Logo

निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने



काठमाडौँ, ३ भदौ। काठमाडौं उपत्याका निषेधाज्ञा जारी गरिएपनि शेयर बजार भने खुल्ने भएको छ । आज अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयर बजार खोल्ने निर्णयमा पुगेको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले निषेधाज्ञामा पनि बजार नियमित रूपमा खोलिने बताए । ‘शेयर बजार निषेधाज्ञामा पनि खोलिने छ,’ उनले भने, ‘यसअघि ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने निर्णय गरिएको थियो, त्यसैलाई निरन्तरता दिने भइएको छ ।’ ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने उनको भनाइ छ ।

‘भोलीको कारोबार हेछौं,’ उनले भने, ‘कारोबार रकमलगायतको अवस्थालाई हेरेर थप निर्णयमा पुग्ने छौ ।’

यता, लगानीकर्ता पनि शेयर बजार बन्द गर्न नहुने पक्षमा उभिएका छन् । यसभन्दा पहिलेको लकडाउनमा नेप्से ९८ दिन बन्द भएको थियो । लामो समय बन्द भएका कारण लगानीकर्ताले शेयर खरिद बिक्री गर्न पाएका थिएनन् ।

काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीहरूको बैठकले भदौ ३ गते राती १२ बजेदेखि एक साताका लागि निषेघाज्ञा जारी निर्णय गरेपनि उक्त दिनमा शेयर बजार खुल्ने भएको छ ।

मंगलबार विश्व्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेको भन्दै तीन जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएकाे थियाे । संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम भदौ ३ गते राती १२ः ०० बजेदेखि भदौ १० गते राती १२ः०० बजेसम्म काठमाडौं उपत्यकाभर लागु हुने निषेधाज्ञामा पनि शेयर बजार खुल्ने भएको छ ।-मेरोलागानी/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot