Logo

२४ वर्षकी युवतीले ६१ वर्षकी महिलासँग विवाह गर्दै



अमेरीकी युट्युबर स्टार जुलियाले गरेको एउटा फैसलाको कारण सबैजना आश्चर्यमा परेका छन् । वास्वतमा २४ वर्षकी जुलियाले ६१ वर्षकी महिला एलीन डी–फ्रीस्टको मायामा परेकी छिन् ।

मायामा मात्र सिमीत नभएर उनीहरु दुई जना विवाह गर्ने निणर्य पनि लिइसकेका छन् । ब्राजिलमा बस्ने जुलिया एक युट्युब च्यानलमा काम गर्छिन् । जुलियाले एक लाइभ कन्र्सटको क्रममा ६१ वर्षीय एलिनसँग लेस्बियन रिलेसनशिपमा रहेको बारेमा खुलासा गरेकी थिइन् । उनले उनीहरु दुवैजनाले विवाह गर्न चाहेको पनि बताएकी छिन् ।

सामाजिक सञ्जालमा हाल उनीहरु छाइरहेका छन् । जुलियाले उनीहरुको भेट डेटिङ एप टिंडरबाट भएको जानकारी दिएकी छिन् । जुुलियाले उनीसँग भेट हुनु भन्दा पहिले जीवनभर सिंगल बस्न चाहेको भएपनि एलिनसँग भेट भएपछि भने आफ्नो सोच बदलिएको बताएकी छिन् । एलिनको उमेर धेरै भएपनि आफुलाई मतलब नभएको जुलियाले बताएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot