Logo

बंगालमा तीन व्यक्ति पक्राउ



४ भदौ : भारतको पश्चिम बंगालमा १५० किलोग्राम गाँजासहित तीन व्यक्ति पक्राउ परेका छन् ।पश्चिम बंगालको दक्षिण २४ पाग्रानस जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।

प्रहरीको टोलीले बुधबार राती गस्तीमा रहेकै बेला उनीहरुलाई नौ लाख भारतीय रुपैया बराबरको गाँजा सहित पक्राउ गरेको थियो ।

प्रहरीले गाँजा तस्करीका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । भारतको कानुनमा गाँजा ओसारपसार र बेचविखन बर्जित छ ।-पिटिआई/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot