Logo

एक पटकमा सयवटा सर्पसँग सम्बन्ध राख्ने नागिन



सर्प जसलाई देखेमा पनि मानिसहरुको पसिना निस्कन्छ, तर मानिसहरुले डरको बाबजुद पनि सर्पको बारेमा सधै जान्न चाहान्छ । यो विश्वमा सर्प धेरै प्रजातिका पाइन्छन् । आज हामी यस्तो विशेष नागिनको बारेमा जानकारी दिन लागेका छौ । जुन वास्तविकता पढेर आश्चर्य मानिनेछ ।

अमेरिकामा पाइने मादा रेड साइडेड ग्रेटर र प्रजातिको सर्पको बारेमा आज हामी चर्चा गर्छौ । यो प्रजातिको सर्प एक पटकमा करीब एक सय भाले सर्पसँग सम्बन्ध बनाउन सक्छ ।

यो सर्पको विशेषता नै ठुलोसमुहमा धेरै समय बस्ने हो । सर्पको यस्तो समुहमा १०० वटा देखि १ हजार सर्प पनि हुन सक्छन् । यसरी झुन्ड झुन्डमा बस्ने भएकोले नागिनले एक सय भन्दा धेरैसँग एकैपटक सम्बन्ध राख्छन् । सम्बन्ध मात्र बनाउन नभएर प्रजनन अवधिमा पनि एउटै समुहमा बस्छन् ।

सर्पको यस्तो झुन्डको बैठक बस्दा बिशेष हुन्छ । बैठक बस्ने भन्दा २ हप्तापहिले नै नर सर्प खान छाड्छन् ताकी पेटको फोहोर सफा हुन्छ । सम्बनध बनाउने क्रममा मादा सर्पले आफुतिर आकर्षित गर्नको लागि एक किसीमको हर्मोन उत्पन्न गर्छ । जसमा मादा र अन्य सर्प आकर्षित हुन्छन् ।

सम्बन्ध बनाउने समयमा एक स्थानमा गुजुल्टिएर बस्छन् । यस्तो आकारमा बसेपछि नर सर्पले क्रमश सम्बन्ध राख्छ । यो प्रक्रिया सबै सकिएपछि मादा विस्तारै–बिस्तारै सामान्य आकारमा आउँछ । यसरी नर सर्प सर्पको बिचबाट छिट्टै निस्कनु पर्छ यदि छिट्टै निस्कन सकेन भन उसको ज्यान नै जान सक्छ ।

रेड साइडेड ग्रेटर पानीको वरिपरि बसीरहन्छ । यो पहाडको घास भएको मैदान भित्र बसीरहन्छ । यो सर्पमा खास विष हुँदैन । वास्तवमा विशेष यस्तो प्रजातिको सर्प खास हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot