Logo

चीनद्वारा कोरोना भ्याक्सिनको आकस्मिक प्रयोग अनुमोदन



एजेन्सी, ८ भाद्र । चीनले कोरोना भाइरसको बढी जोखिममा रहेकाहरुका लागि भ्याक्सिनको आकस्मिक प्रयोग अनुमोदन गरेको छ । चिनियाँ स्वास्थ्य मन्त्रालयका अधिकारी झेङ झोङवीले शनिबार सीसीटीभीमा यसबारे जानकारी गराएका हुन् ।

प्रमाणित नभइसकेको भ्याक्सिन भएपनि चीनले संक्रमित हुनसक्ने जोखिममा रहेका मानिसहरुका लागि प्रयोग गर्ने गरी अनुमोदन गरेको जनाइएको छ । चीनले एक महिना अघि भ्याक्सिनको आकस्मिक प्रयोग थालेको थियो । उसका तीनवटा कोरोनाविरुद्धका भ्याक्सिन क्लिनिकल ट्रायलका क्रममा छन् ।

चीनमा आकस्मिक रुपमा भ्याक्सिनको प्रयोग गरेका मानिसहरुको संख्या हजारौं पुगिसकेको बताइएको छ । चीनको सेनाले ठुलो संख्यामा भ्याक्सिनको प्रयोग गरिसकेको छ ।

चीनको भ्याक्सिन संयुक्त अरब इमिरेट्सका २० हजार जनताले तेस्रो चरणको मानव परीक्षणका क्रममा लगाइसकेका छन् । यो निकै सुरक्षित र प्रभावकारी भएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot