Logo

उत्तर कोरियामा किमकी बहिनी किम यो जोङ नेतृत्वमा आउन लागेकी हुन् ?



एजेन्सी, ९ भाद्र । उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नै फुफाजुलाई भोका कुकुरहरुले टोकाएर मार्न लगाएको चर्चा चलेको थियो । शक्ति संघर्षका क्रममा फुफाजुमाथि सत्ता हडप्न खोजेको आरोप लगाएर क्रुरतापूर्वक मार्न लगाएका थिए । तर, तिनै किमले अहिले आफ्नी बहिनी किम यो जोङलाई शक्तिशाली बनाउँदै लगेका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार किम यो जोङले उत्तर कोरियाको शक्तिशाली निकाय हाँकिरहेकी छिन् । दक्षिण कोरियाका रक्षामन्त्री जियोङ किओङ डुले जोङ देशको दोस्रो शक्तिशाली व्यक्ति भइसकेकी छिन् । उत्तर कोरियामा शासन गर्दै आएको वर्कर्स पार्टीको संगठन, राजनीतिक नियुक्ति देखि सैद्धान्तिक दस्तावेज हेर्ने निकायमा उनी प्रमुख छिन् ।

यसअघि जोङ उत्तर कोरियाको मुख्य प्रोपोगान्डा मच्चाउने निकायमा थिइन् । उनलाई निरन्तर शक्तिशाली बनाउँदै लगिएकोमा भविष्यको नेतृत्वकर्ताका लागि तयार गरिएको विश्लेषण हुनथालेको छ । उत्तर कोरियाको मिडियाले पनि उनी कुनै कारणका लागि तयार गरिएको सन्देश प्रवाह गरिरहेका छन् ।

किम यो जोङको उदयलाई किम जोङ उनको स्वास्थ्य अवस्थासँग पनि जोडेर हेरिएको छ । उनका दाजु उनको केही महिना अघि स्वास्थ्यमा समस्या आई शल्यक्रिया गरिएको चर्चा चलेको थियो । उनी केही समय सार्वजनिक समेत भएका थिएनन् । यसले निकै हल्ला मच्चिएको थियो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot