Logo

रोनाल्डिन्हो पाँच महिना पाराग्वेको हिरासत बसेर निजी विमानबाट ब्राजिल फर्किए



एजेन्सी, १० भाद्र । फुटबलका पूर्व स्टार रोनाल्डिन्हो गाउचो ब्राजिल फर्किएका छन् । उनी पाँच महिना पाराग्वेको हिरासतमा बसेर छुटेपछि मंगलबार निजी विमानमा ब्राजिल फर्किएका हुन् ।

रोनाल्डिन्होमाथि नक्कली पासपोर्टमा पाराग्वे प्रवेश गरेको अभियोग लागेको थियो । जुन प्रमाणित समेत भयो । उनलाई पाराग्वेको राजधानी असुनसिअनस्थित होटलमा अप्रिलदेखि बन्दी बनाएर राखिएको थियो ।

फर्कनुअघि रोनाल्डिन्होले आफ्ना ब्राजिली वकिल र पाराग्वेमा सहयोग गर्नेहरुलाई धन्यवाद दिएका थिए । पाराग्वेका टिमका पूर्व डिफेन्डर कार्लोस गमारासँगको तस्बिर पनि सार्वजनिक गरेका थिए ।

रोनाल्डिन्हो मार्च ६ मा आफ्ना दाजु रोबर्टो आसिसँगै नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा पक्राउ परेका थिए । उनीहरु ३२ दिनसम्म प्रहरी हिरासतमा रहन वाध्य भए । उनलाई छाड्ने अदालतको आदेशसँगै छुटेका थिए । तर, न्यायाधीशले ९० हजार डलर जरिवाना गराएका थिए ।-Photo Source: APF



प्रतिक्रिया दिनुहोस्

Screenshot