Logo

अमेरिकालाई चेतावनीस्वरुप चीनद्वारा मिसाइल प्रहार



एजेन्सी, ११ भाद्र । अमेरिकालाई चेतावनीस्वरुप चीनले दुईवटा मिसाइल प्रहार गरेको छ । साउथा चाइना सीमा अमेरिकी सैन्य विमानको गतिविधि बढेपछि चीनले मिसाइल प्रहार गरेको जनाइएको छ ।

द साउन चाइना मर्निङ पोष्टले बिहिबार समाचार प्रकाशित गर्दै चीनले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । मिसाइल हैनान प्रान्त र विवादास्पद पारासल टापुको बीचमा प्रहार गरिएको छ । अमेरिकाले उडान निषेधित क्षेत्रमा विमान उडाएको भन्दै चीनले मिसाइल छाडेको भनिएको छ । अमेरिकी दुईवटा जासुसी विमान चीनले स्वघोषणा गरेको विमान निषेधित क्षेत्रमा उडेको समाचारमा उल्लेख छ ।

चीनले मिसाइल प्रहार गरेपछि अमेरिकी रक्षा प्रमुख मार्क एस्परले प्रतिक्रिया दिदै चीनले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै आएको आरोप लगाएका छन् ।-Photo Source: EPA



प्रतिक्रिया दिनुहोस्

Screenshot