Logo

४ वर्षको बच्चा आफ्नै जमानतको लागि अदालत पुगेपछि…



भारतको युपी जिल्लामा एउटा अजिबको घटना भएको छ । ४ वर्षका एक बच्चाले आफ्नो जमानतको लागि अदालतमा पुगेका छन् । एकछित अदालतमा उपस्थित मानिसहरु उनलाई देखेर हेरेको हेरै भए । अदालतका न्यायाधीश पनि केही बोल्न सकेनन्, जब बच्चा कठघरमा उभिएर रुन लाग्यो ।

बच्चा रुन थालेपछि बच्चालाई चकलेट दिएर शान्त बनाइयो । वास्तवमा युपीका प्रहरीमा ४ वर्षका बच्चा सहित केही मानिसहरुकोे विरुद्ध इलाकामा शात्नी भंग गरेको अभियोगमा उजुरी परेको थियो । ती ४ वर्षका बच्चासहित उपस्थित गराउन सुचना जारी गरेको थियो ।

एक जानकारी अनुसार बारावफातको दिन निक्लिएको जुलुशमा एउटा विवाद आएको थियो । विवाद बढ्दै जाँदा ४ वर्षका निर्दोश बच्चासहित अन्य २२ मानिसहरु माथि उजुरी परेको थियो । सानो बच्चाको नाममा उजुरी परेकोले परिवार र सुन्ने जति सबै मानिसहरु आश्चर्यमा परेका छन् ।

चार वर्षका सरफराज आफ्नी आमाको साथमा अदालतमा पुगेका थिए । न्यायाधिस पनि उनलाई देखेर दुखी भए । परिवार र गाउँमा मानिसहरुले प्रहरीले गरेको यो गल्तीलाई सजायको माग गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot